सानिमा र रिलायन्स लाइफ इन्सुरेन्सको बिहीबारदेखि सेयर कारोबार रोक्का हुने

सानिमा र रिलायन्स लाइफ इन्सुरेन्सको बिहीबारदेखि सेयर कारोबार रोक्का हुने : Icon Khabar

काठमाडौं, चैत ८ । सानिमा र रिलायन्स लाइफ इन्सुरेन्सको बिहीबार (चैत ९ गते) देखि सेयर कारोबार रोक्का हुने भएको छ । दुवै कम्पनीले सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाएका छन् । यता, सानिमा र रिलायन्स लाइफ इन्सुरेन्स एक आपसमा मर्ज भएर बिहीबार (चैत ९ गते) बाट एकीकृत कारोबार सुरु हुँदैछ ।

तसर्थ, सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन दुवै कम्पनीले आग्रह गरेका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।

बिमा प्राधिकरणले सानिमा र रिलायन्स लाइफलाई (१ः१) सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो । यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको हो । यस्तै, दुवै कम्पनीको फागुन १२ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।

हाल सानिमाको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ ।

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय