सानिमा र रिलायन्स लाइफ इन्सुरेन्सको बिहीबारदेखि सेयर कारोबार रोक्का हुने

सानिमा र रिलायन्स लाइफ इन्सुरेन्सको बिहीबारदेखि सेयर कारोबार रोक्का हुने : Icon Khabar

काठमाडौं, चैत ८ । सानिमा र रिलायन्स लाइफ इन्सुरेन्सको बिहीबार (चैत ९ गते) देखि सेयर कारोबार रोक्का हुने भएको छ । दुवै कम्पनीले सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाएका छन् । यता, सानिमा र रिलायन्स लाइफ इन्सुरेन्स एक आपसमा मर्ज भएर बिहीबार (चैत ९ गते) बाट एकीकृत कारोबार सुरु हुँदैछ ।

तसर्थ, सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन दुवै कम्पनीले आग्रह गरेका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।

बिमा प्राधिकरणले सानिमा र रिलायन्स लाइफलाई (१ः१) सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो । यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको हो । यस्तै, दुवै कम्पनीको फागुन १२ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।

हाल सानिमाको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)