आगामी शुक्रबार बुक क्लब भक्तपुरको अन्तरसंवादमा “आमा” उपन्यासको बारे चर्चा हुने

आगामी शुक्रबार बुक क्लब भक्तपुरको अन्तरसंवादमा “आमा” उपन्यासको बारे चर्चा हुने : Icon Khabar

भक्तपुर, चैत ८ । अध्ययन संस्कृतिलाई प्रबर्द्धन गर्न स्थापित बुक क्लब भक्तपुरको नियमित कार्यक्रम लेखकसंग अन्तरसंवादको नविन शृंखला हुने भएको छ। आगामी शुक्रबार चैत्र १० गते भक्तपुरको खौमा स्थित ख्वप छें रेष्टुरेन्टमा साँझ ४ बजे शुरु हुने बताइएको छ।

सो कार्यक्रमामा यो पटक मेक्सिम गोर्कीद्वारा लिखित कालजयी उपन्यास “आमा” बारे अन्तरसंवाद हुने बताइएको छ।

पहिलोपल्ट प्रकाशन भएको ११७ बर्ष पछि पनि “आमा” उपन्यासमा तेस्तो के कुरा छ ? जसले गर्दा आज पनि उत्तिकै यसमा मन पराउने तथा अध्ययन गर्ने गरिन्छ। कार्यक्रम यही विषयमा केन्द्रीत रहेर परिचर्चा गरिनेछ।

“आमा” उपन्यास र गोर्कीको साहित्यिक लेखनीबारे लेखक तथा कवि अभय श्रेष्ठले आफ्नो विचार राख्ने कार्यक्रम रहेको बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले आइकन खबरलाई जानकारी दिए।

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय