आगामी शुक्रबार बुक क्लब भक्तपुरको अन्तरसंवादमा “आमा” उपन्यासको बारे चर्चा हुने

आगामी शुक्रबार बुक क्लब भक्तपुरको अन्तरसंवादमा “आमा” उपन्यासको बारे चर्चा हुने : Icon Khabar

भक्तपुर, चैत ८ । अध्ययन संस्कृतिलाई प्रबर्द्धन गर्न स्थापित बुक क्लब भक्तपुरको नियमित कार्यक्रम लेखकसंग अन्तरसंवादको नविन शृंखला हुने भएको छ। आगामी शुक्रबार चैत्र १० गते भक्तपुरको खौमा स्थित ख्वप छें रेष्टुरेन्टमा साँझ ४ बजे शुरु हुने बताइएको छ।

सो कार्यक्रमामा यो पटक मेक्सिम गोर्कीद्वारा लिखित कालजयी उपन्यास “आमा” बारे अन्तरसंवाद हुने बताइएको छ।

पहिलोपल्ट प्रकाशन भएको ११७ बर्ष पछि पनि “आमा” उपन्यासमा तेस्तो के कुरा छ ? जसले गर्दा आज पनि उत्तिकै यसमा मन पराउने तथा अध्ययन गर्ने गरिन्छ। कार्यक्रम यही विषयमा केन्द्रीत रहेर परिचर्चा गरिनेछ।

“आमा” उपन्यास र गोर्कीको साहित्यिक लेखनीबारे लेखक तथा कवि अभय श्रेष्ठले आफ्नो विचार राख्ने कार्यक्रम रहेको बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले आइकन खबरलाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts