आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत ८ । बजारमा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि यस दिन ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ३०० रुपैयाँमा झरेको छ ।

विश्व बजारमा पनि सुनको भाउ घटेकाले नेपाली सुनबजारमा पनि यसको प्रभाव परेको हो । मंगलबार भने सुनको मूल्य वृद्धि भएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले महंगिदा प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो ।

आज चाँदी तोलामा पाँच रुपैयाँले घट्दा प्रतितोला एक हजार ३ सय ३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले उकालो लागेको थियो । सो दिन चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts




ताजा
सहकारी अभियानमा देशभरीका संघहरुको भुमिका आवश्यक
विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
सभामुखले दलका सचेतकहरूलाई बैठक बोलाए : संसद विघटनबारे छलफल हुने
महराको बयान सकियो, भोलि थुनछेक बहस


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित