आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत ८ । बजारमा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि यस दिन ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ३०० रुपैयाँमा झरेको छ ।

विश्व बजारमा पनि सुनको भाउ घटेकाले नेपाली सुनबजारमा पनि यसको प्रभाव परेको हो । मंगलबार भने सुनको मूल्य वृद्धि भएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले महंगिदा प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो ।

आज चाँदी तोलामा पाँच रुपैयाँले घट्दा प्रतितोला एक हजार ३ सय ३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले उकालो लागेको थियो । सो दिन चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय