सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारत प्रस्था

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारत प्रस्था : Icon Khabar

काठमाडौं, चैत ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारत प्रस्थान गरेकी छन् ।

भारत भ्रमणका क्रममा मन्त्री शर्माले बुधबार इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आईटीयू) को क्षेत्रीय कार्यालयको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीमा स्थापना भएको आईटीयूको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागी हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्री शर्मा विभिन्न देशका मन्त्रीहरुसँगको मन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछिन्।

उनले बिहीबार भारतीय समकक्षी अश्विनी वैष्णवसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसैगरी, मन्त्री शर्माले भारतस्थित नेपाली राजदूतावास र नयाँदिल्लीस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछिन्।

नेपाली प्रतिनिधिमण्डलमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, नेपाल टेलिकमका प्रबन्धक विमल आचार्य र मन्त्रीका स्वकीय सचिव हेमराज शर्मा पोखरेल सहभागी छन् ।

मन्त्री शर्मा शुक्रबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts