सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारत प्रस्था

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारत प्रस्था : Icon Khabar

काठमाडौं, चैत ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारत प्रस्थान गरेकी छन् ।

भारत भ्रमणका क्रममा मन्त्री शर्माले बुधबार इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आईटीयू) को क्षेत्रीय कार्यालयको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीमा स्थापना भएको आईटीयूको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागी हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्री शर्मा विभिन्न देशका मन्त्रीहरुसँगको मन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछिन्।

उनले बिहीबार भारतीय समकक्षी अश्विनी वैष्णवसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसैगरी, मन्त्री शर्माले भारतस्थित नेपाली राजदूतावास र नयाँदिल्लीस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछिन्।

नेपाली प्रतिनिधिमण्डलमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, नेपाल टेलिकमका प्रबन्धक विमल आचार्य र मन्त्रीका स्वकीय सचिव हेमराज शर्मा पोखरेल सहभागी छन् ।

मन्त्री शर्मा शुक्रबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।

Published Date: 22 March 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा