कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, चैत ८ । नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य वर्षा हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Published Date: 22 March 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा