काठमाडौं, चैत ८ । नेपाल विवेकशील पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राहदानी ठगी प्रकरणमा सरकारलाई दिएको सहयोगको बदलामा ‘लेनदेन’ भएको आशंका गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले राहदानी ठगी मुद्दामा लामिछानेलाई कारबाही नगर्ने महान्यायाधिवक्ताको निर्णयप्रति प्रश्न उठाएको हो । ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिएको दिन ठ्याक्कै विदेशी राहदानी लिएको अवस्थामा पनि गलत सूचना दिएर नेपाली राहदानी लिएको उजुरीमाथि कारबाही नगर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय र पार्टीले पनि सरकारलाई विश्वासको मतले मुद्दामा लेनदेन भएको आशंका खडा गरेको छ,’ प्रवक्ता विजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ।
विज्ञप्तिमा सर्वोच्च अदालतको संवैधानिक अदालतको २०२३ माघ १३ गतेको फैसलाले लामिछानेको राहदानी प्रकरणमा अन्य निकायले अनुसन्धान गरिरहेको र प्रक्रिया न्यायिक रूपमा अघि बढ्ने संकेत गरेको उल्लेख छ । सरकारको यो निर्णय न्यायिक दृष्टिकोणले पनि उपयुक्त नदेखिएको र कानूनको अगाडि सबै समान हुने सिद्धान्तलाई सम्मान गर्ने देखिँदैन ।
नेपाल विवेकशील पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी, यसका अध्यक्ष लामिछाने र सरकारको प्रतिष्ठा नागरिकको नजरमा अक्षुण्ण रहोस् भनी सत्यतथ्यताका साथ न्यायिक समीक्षा गर्न सम्बन्धित सरकारी निकायलाई आग्रह गरेको छ ।
Published Date: 22 March 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1