आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन डाके विशेष साधारणसभा

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन डाके विशेष साधारणसभा : Icon Khabar

काठमाडौँ, चैत ७ । आइएमइ जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आपसमा मर्जरको स्वीकृति लिन विशेष साधारणसभा डाकेका छन्।

दुबै कम्पनीले चैत २२ गते साधारणसभा डाकेका हुन्। यसअघि दुबै सञ्चालक समितिबीच मर्जरको अन्तिम सम्झौतापत्रमा सम्झौता पत्रमा चैत्र ५ गते हस्ताक्षर भइसकेको छ। उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ ।

दुबै संस्था बराबरी हैसियतमा गाभिने छन्। दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए प्रतिबेदनको आधारमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात स्वाप रेसियो क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको हो ।

साधारणसभाले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि दुबै संस्था बीमा प्राधिकरण जाने र प्राधिकरणले स्वीकृति दिएपछि एकिकृत कारोबार हुने छ।

Published Date: 21 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग