आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन डाके विशेष साधारणसभा

आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आपसमा गाभिन डाके विशेष साधारणसभा : Icon Khabar

काठमाडौँ, चैत ७ । आइएमइ जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आपसमा मर्जरको स्वीकृति लिन विशेष साधारणसभा डाकेका छन्।

दुबै कम्पनीले चैत २२ गते साधारणसभा डाकेका हुन्। यसअघि दुबै सञ्चालक समितिबीच मर्जरको अन्तिम सम्झौतापत्रमा सम्झौता पत्रमा चैत्र ५ गते हस्ताक्षर भइसकेको छ। उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ ।

दुबै संस्था बराबरी हैसियतमा गाभिने छन्। दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए प्रतिबेदनको आधारमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात स्वाप रेसियो क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको हो ।

साधारणसभाले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि दुबै संस्था बीमा प्राधिकरण जाने र प्राधिकरणले स्वीकृति दिएपछि एकिकृत कारोबार हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2023
Website | + posts