सरकारले ५ करोड युरो अनुदान स्वीकृत गर्ने

सरकारले ५ करोड युरो अनुदान स्वीकृत गर्ने : Icon Khabar

काठमाडौं, चैत ७ । सरकारले विद्यालय शिक्षा क्षेत्रका कार्यक्रमका लागि युरोपेली संघबाट ५ करोड युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत किसानलाई दिँदै आएको रासायनिक मलमा अनुदानको दर घटाउने पनि निर्णयलाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

सरकारले नेपाल र बंगलादेशबीच ‘रियल टाइम हाइड्रो–मेटियोरोलोजिकल डाटा आदानप्रदान’ सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

त्यस्तै सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) मा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रमाणित अयोग्य माओवादी लडाकुहरूलाई राहत सहयोग उपलब्ध गराउने निर्णय पनि गरियो। मन्त्रिपरिषद्को बैठकले नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मानबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने