सरकारले ५ करोड युरो अनुदान स्वीकृत गर्ने

सरकारले ५ करोड युरो अनुदान स्वीकृत गर्ने : Icon Khabar

काठमाडौं, चैत ७ । सरकारले विद्यालय शिक्षा क्षेत्रका कार्यक्रमका लागि युरोपेली संघबाट ५ करोड युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत किसानलाई दिँदै आएको रासायनिक मलमा अनुदानको दर घटाउने पनि निर्णयलाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

सरकारले नेपाल र बंगलादेशबीच ‘रियल टाइम हाइड्रो–मेटियोरोलोजिकल डाटा आदानप्रदान’ सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

त्यस्तै सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) मा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रमाणित अयोग्य माओवादी लडाकुहरूलाई राहत सहयोग उपलब्ध गराउने निर्णय पनि गरियो। मन्त्रिपरिषद्को बैठकले नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मानबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Published Date: 21 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग