आज देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना : महाशाखा

आज देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना : महाशाखा : Icon Khabar

काठमाडौँ, चैत ७ ।  आज मंगलबार देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार यस्तो छ आजको मौसमः

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीː  देशभर आँशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2023
Website | + posts




ताजा
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने