वीर अस्पतालद्वारा विना विदा अनुपस्थित रहेको भन्दै पाँच कर्मचारी नर्सलाई सेवाबाट बर्खास्त

वीर अस्पतालद्वारा विना विदा अनुपस्थित रहेको भन्दै पाँच कर्मचारी नर्सलाई सेवाबाट बर्खास्त : Icon Khabar

काठमाडौं, फागुन ३० । वीर अस्पतालले विना विदा अनुपस्थित रहेको भन्दै पाँच कर्मचारी नर्सलाई सेवाबाट बर्खास्त गरेको छ । सेवाबाट हटाइएकामा पाँचौं कक्षामा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् ।

अस्पताललाई जानकारी नदिई बिदामा गएको र अस्पतालले सूचना जारी गरे पनि सम्पर्कविहीन रहेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको अस्पताल प्रशासनले जनाएको छ । ३० दिनभित्र सम्पर्क गर्न सूचना दिए पनि अस्पताल प्रशासनसँग सम्पर्कमा नआएका पाँच जनालाई सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास