आज पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, फागुन ३० । आज देशका पहाडी र तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आज बिहान देशका पहाडी तथा हिमाली भेगका केही स्थानमा आंशिकदेखि सामान्य वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा मौसम सामान्यतया सफा हुन्छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य वर्षा हुनेछ । बाँकी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Published Date: 14 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक