आज पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, फागुन ३० । आज देशका पहाडी र तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आज बिहान देशका पहाडी तथा हिमाली भेगका केही स्थानमा आंशिकदेखि सामान्य वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा मौसम सामान्यतया सफा हुन्छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य वर्षा हुनेछ । बाँकी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास