माओवादी दलले नागरिक नेता र बुद्धिजीवीसँग छलफल गर्ने

माओवादी दलले नागरिक नेता र बुद्धिजीवीसँग छलफल गर्ने : Icon Khabar

काठमाडौं, फागुन ३० । माओवादी समूहका नेताहरुले शान्ति प्रक्रियाका विषयमा आज नागरिक समाजका नेता र बुद्धिजीवीसँग छलफल गर्ने तयारी गरेका छन् । माओवादी विचारधारा मान्ने दलका विभिन्न गुटले बुद्धिजीवी र नागरिक समाजका नेताहरूसँग विस्तृत शान्ति सम्झौताबारे छलफल गर्न लागेका छन् ।

माओवादी दलको गत फागुन २६ गते बसेको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन गरी नागरिक नेता तथा बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी आज नागरिक नेताहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम हुनेछ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध जनयुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले हालै दिएको फैसलाले सन् १९९६ देखि २००६ सम्म दशक लामो जनयुद्ध गरेका माओवादी नेताहरु चिन्तित भएका छन् । द्वन्द्वकालमा हत्या सर्वोच्चले आदेश जारी गर्दै द्वन्द्वका पीडितलाई अनिश्चितकालका लागि न्यायबाट वञ्चित गर्न नसकिने स्पष्ट गरेको छ ।

तत्कालीन माओवादी विद्रोहीले राज्य पक्षसँग बृहत् शान्ति सम्झौता गरेको १६ वर्षभन्दा बढी भइसक्यो तर पीडितहरूले विभिन्न बहानामा न्याय पाउनबाट वञ्चित छन् ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास