माओवादी दलले नागरिक नेता र बुद्धिजीवीसँग छलफल गर्ने

माओवादी दलले नागरिक नेता र बुद्धिजीवीसँग छलफल गर्ने : Icon Khabar

काठमाडौं, फागुन ३० । माओवादी समूहका नेताहरुले शान्ति प्रक्रियाका विषयमा आज नागरिक समाजका नेता र बुद्धिजीवीसँग छलफल गर्ने तयारी गरेका छन् । माओवादी विचारधारा मान्ने दलका विभिन्न गुटले बुद्धिजीवी र नागरिक समाजका नेताहरूसँग विस्तृत शान्ति सम्झौताबारे छलफल गर्न लागेका छन् ।

माओवादी दलको गत फागुन २६ गते बसेको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन गरी नागरिक नेता तथा बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी आज नागरिक नेताहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम हुनेछ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध जनयुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले हालै दिएको फैसलाले सन् १९९६ देखि २००६ सम्म दशक लामो जनयुद्ध गरेका माओवादी नेताहरु चिन्तित भएका छन् । द्वन्द्वकालमा हत्या सर्वोच्चले आदेश जारी गर्दै द्वन्द्वका पीडितलाई अनिश्चितकालका लागि न्यायबाट वञ्चित गर्न नसकिने स्पष्ट गरेको छ ।

तत्कालीन माओवादी विद्रोहीले राज्य पक्षसँग बृहत् शान्ति सम्झौता गरेको १६ वर्षभन्दा बढी भइसक्यो तर पीडितहरूले विभिन्न बहानामा न्याय पाउनबाट वञ्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2023
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू