श्री शंकरलालगोल्ड मेडल अवार्ड २०७९ द्वारा सम्वत बस्नेत पुरस्कृत

श्री शंकरलालगोल्ड मेडल अवार्ड २०७९ द्वारा सम्वत बस्नेत पुरस्कृत : Icon Khabar

काठमाडौं, फागुन ३० । जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलालगोल्ड मेडलअवार्ड २०७९’ प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५७ औं वार्षिक उत्सवको अवसरमा २०७९ फागुन २९ गते सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई प्रदान गरिएको उक्त पुरस्कारमा पदक, प्रमाणपत्र र नगद रु.५१,०००।–समावेश छ ।
कार्यक्रमा उपस्थित प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ शाखाका डिन, विद्यावारिधी, प्रो.शशिधर रामजोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टील्स लिमिटेडका संचालन तथा बजारीकरण डाइरेक्टर रवी प्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

यो अवार्डको नाम नेपालका प्रख्यात उद्यमी तथा जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक श्री शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन १९८० को दशकबाट उद्यमशीलताको यात्रा शुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीको साथ साथै परोपकारी कार्यको लागि पनि उत्तिकै परिचित छन्।

जगदम्बा स्टिल्स लिमिटेडले यस्ता कार्यक्रमर पुरस्कारहरुले विद्यार्थी लाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ ।

जगदम्बा स्टिल्स लिमिटेड बस्नेतलाई उहाँको सफलताको लागि बधाई र उनको आगामी कार्यहरुको लागि शुभकामना व्यक्त गरे । यसका साथै विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमता महसुस गर्ने अवसर प्रदान गरेकोमा थापाथली क्याम्पसलाई बधाई ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2023
Website | + posts