नेपाली यू२० टोली स्वदेश फर्कियो

नेपाली यू२० टोली स्वदेश फर्कियो : Icon Khabar

भक्तपुर, फागुन ३० । एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली यू२० टोली मंगलबार बिहान स्वदेश आइपुगेको छ ।

नेपाली टोली प्यालेस्टाइनबाट जोर्डन हुँदै मंगलबार बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । प्यालेस्टाइनमा भएको छनोटमा नेपाल दुई खेल जित्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।

नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० ले पराजित गर्दा नर्दन मारियाना आइल्याण्डमाथि ६–० कै जित निकाल्दै दोस्रो चरणमा छनोट हुन सफल भएको थियो ।

लगातार दोस्रो जितसँगै समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । प्यालेस्टाइन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा नर्दन मारियाना आइल्यान्ड अंकविहीन हुँदै पुछारमा रह्यो । यो समूहबाट संयुक्त अरब इमिरेट्स (युएईं) ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो ।

छनोटमा नेपाली दीपा शाहीले ६ तथा गरिमा राईले दुई गोल गरिन् । यस्तै सारा बज्राचार्य, सरस्वत हमाल, प्रिती राई र जेनिफर राणाले समान एक गोल गरिन् ।

पहिलो चरणबाट ८ समूहको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

एएफसी यू–२० महिला एसियन कपमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ । आयोजक उज्वेकिस्तानसहित २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।

दोस्रो राउन्डका खेलहरु ३ देखि ११ जुनसम्म हुनेछ । पहिलो चरणबाट चीन, नेपाल, अष्ट्रेलिया, लेवनान, चाइनिज ताइपेइ, भियतनाम, म्यानमार र इरान छनोट हुन सफल भएको छ । पोट १ मा अष्ट्रेलिया र चीन, पोट २ मा भियतनाम र म्यानमार, पोट ३ मा इरान र नेपाल तथा पोट ४ मा लेवनान र चाइनिज ताइपेइ रहेका छन् ।

Published Date: 14 March 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता