अग्रता जोगाउन नसक्दा मिलान रोकियो

अग्रता जोगाउन नसक्दा मिलान रोकियो : Icon Khabar

भक्तपुर, फागुन ३० । एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा सालेरनिटानासँग १–१ गोलको बराबरी खेलेको हो ।

मिलानोमा सोमबार राति भएको खेलमा घरेलु टोली मिलानका ओलिभर जिरुडले गोल गर्दा सालेरनिटानाका बोउलाए डियाले गोल फर्काए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा मिलानले पहिलो हाफको तप गरिएको पहिलो मिनेटमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको थियो । उनले स्माइल बेनाकरको पासमा गोल गर्न सफल भएका थिए ।

तर, त्यो अग्रतालाई मिलानले दोस्रो हाफमा बचाउन सकेन । ६१औं मिनेटमा बोउला डियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले डोमागोज ब्राडारिकको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यस बराबरीसँगै मिलानले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४८ अंक जोडेर चौथो स्थानमा छ । तेस्रो स्थानको लाजियोको ४९ अंक छ । सालेरनिटाना २६अंक जोडेर १६औं स्थानमा छ ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास