अग्रता जोगाउन नसक्दा मिलान रोकियो

अग्रता जोगाउन नसक्दा मिलान रोकियो : Icon Khabar

भक्तपुर, फागुन ३० । एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा सालेरनिटानासँग १–१ गोलको बराबरी खेलेको हो ।

मिलानोमा सोमबार राति भएको खेलमा घरेलु टोली मिलानका ओलिभर जिरुडले गोल गर्दा सालेरनिटानाका बोउलाए डियाले गोल फर्काए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा मिलानले पहिलो हाफको तप गरिएको पहिलो मिनेटमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको थियो । उनले स्माइल बेनाकरको पासमा गोल गर्न सफल भएका थिए ।

तर, त्यो अग्रतालाई मिलानले दोस्रो हाफमा बचाउन सकेन । ६१औं मिनेटमा बोउला डियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले डोमागोज ब्राडारिकको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यस बराबरीसँगै मिलानले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४८ अंक जोडेर चौथो स्थानमा छ । तेस्रो स्थानको लाजियोको ४९ अंक छ । सालेरनिटाना २६अंक जोडेर १६औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)