भक्तपुर नगरपालिकाकाे आयाेजनामा महिला नेतृत्व बिषयक प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाकाे आयाेजनामा महिला नेतृत्व बिषयक प्रवचन कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २९ । ११३ओेैं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा भक्तपुर नगरपालिका वडा नं १० काे आयाेजनामा भनपा १० काे सभा कक्षमा क्रान्तिकारी महिला नेतृत्व बिषयक प्रवचन कार्यक्रम सम्पन्न भयाे ।

प्रवचन कार्यक्रमका सभापति वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्याैमिखाँले भक्तपुर नगरमा हाल दीर्घ राेगीहरु दिनानुदिन बर्दै गईरहेकाेमा चिन्ता व्यक्त गरे । दीर्घ राेग लगायत क्यान्सर र हृदयघाटका कारण मानिसहरु अकल्पनिय रुपमा बितिरहेका छन् जुन हाल मानव जन जीवनमा गरिने खानपिन एवं शारीरिक परिश्रम न्यून भएकाे तथा शारीरिक व्यायाम नगर्नाले भएकाे बताए ।

भक्तपुर नगरपालिकाले यस्ता समस्यालाई मध्यनजर गरि नगरबासिहरुलाई स्वास्थ्य प्रति जागरुक बनाउन प्रत्येक द्वैमासिक रुपमा विभिन्न स्वास्थ्य शिविर गर्ने याेजना अनुरुप चैत्र १० गते स्तन तथा पाठेघर शिविर गर्ने कुरा बताए ।

प्रवचन कार्यक्रममा पुुर्व वडाध्यक्ष तथा जनकवि चन्द्रबहादुर उलकले आज भन्दा ११३ बर्ष पहिले महिलाहरुलाई दास तथा सम्पतिका रुपमा गनिन्थे भने स्त्री बच्चा जन्माउने तत्वकारुप हेरिन्थे भने साथै त्यसबेला मजदुरहरुकाे पारिश्रमिक दैनिका गुजारा चलाउन पनि मुस्किल हुने बताए ।

उक्त कार्यक्रममामा नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगर समितिका अध्यक्ष अनिता जधारीले अन्तर्राष्ट्रिय क्रान्तिकारी महिला नेतृ क्लारा जेट्लिनकाे जीवनीमा प्रकाश पार्नुका साथै आगामि चैत्र २४ र २५ गते चितवनकमे टाँठीमा हुने नेपाल क्रान्तिकारी महिला संघ केन्द्रीय समितिकाे तेस्रो महिला सम्मेलनमा सहभागी भै श्रमिक महिलाहरुकाे एकता प्रस्तुत गर्न आह्वान गरे । साे कार्यक्रममा नेपाल मजदुर किसान पार्टी १० वडा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवाल तथा १० वडा सदस्य जितेन्द्र मुनंकर्मीले आआफ्ना विचार सभामा राखे ।

Published Date: 13 March 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता