काठमाडौं, फागुन २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक घिसिङले विद्युतमा लगानीसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना बनाएको बताए । पेट्रोल र डिजेलको तुलनामा विद्युतीय सवारी साधन सस्तो रहेको उनको भनाइ छ ।
प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रयोग बढाएर प्रदूषण घटाउनुपर्नेमा जोड दिँदै विद्युतीय सवारी साधनको प्रयोग धेरै पक्षबाट फाइदाजनक रहेको बताए । उनले विद्युतीय सवारीसाधन वातावरण र स्वास्थ्य संरक्षणको दृष्टिकोणले उपयुक्त हुने बताए ।
उनले भने, “नेपालको स्वच्छ बिजुलीको प्रवद्र्धन गर्ने क्रममा लगानीसँगै उपभोग बढाउने कार्ययोजनाअन्तर्गत विद्युतीय सवारीसाधन आउँदैछन् । त्यसका लागि म सबैलाई विद्युतीय सवारी साधन प्रयोग गर्न आग्रह गर्दछु । सबैले विद्युतीय सवारी साधन प्रयोग गरौं ।”
घिसिङले जीवाश्म इन्धनमा आधारित सवारीसाधनको तुलनामा विद्युतीय सवारी साधन सञ्चालन लागतका हिसाबले सस्तो रहेको बताए । विद्युतीय स्कुटर चलाउनेलाई प्रतिकिलोमिटर ०.२५ देखि ०.३ रुपैयाँ र जीवाश्म इन्धनमा आधारित स्कुटर प्रयोग गर्नेलाई १० देखि १२ रुपैयाँ प्रतिकिलोमिटर लाग्छ।
इन्जिन नभएकाले विद्युतीय स्कुटरको मर्मत खर्च पनि निकै कम हुने घिसिङले बताए । ‘सञ्चालन लागत कम भएकाले उपभोक्ता पनि उत्तिकै लाभान्वित हुन्छन् । पेट्रोल/डिजेलबाट चल्ने सवारी साधनको प्रयोगले काठमाडौंलगायत विभिन्न सहरमा प्रदूषण बढाएको छ । विद्युतीय सवारी साधनको प्रयोगले पनि प्रदूषण कम हुन्छ,’ उनले थपे ।
वातावरण र स्वास्थ्य सुरक्षाका लागि नेपालमा विद्युतीय सवारी साधन सबैभन्दा उपयुक्त रहेको घिसिङले बताए ।
“यसले नेपाललाई स्वच्छ ऊर्जा र कार्बन तटस्थतातर्फ अघि बढ्न मद्दत गर्नेछ। आगामी दिनमा सबैले विद्युतीय सवारी साधन प्रयोग गरौं,’ उनले भने
Published Date: 13 March 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar