नेम्वाङ नेकपा एमालेको संसदीय दलको उपनेतामा नियुक्त

नेम्वाङ नेकपा एमालेको संसदीय दलको उपनेतामा नियुक्त : Icon Khabar

काठमाडौं, फागुन २९ । नेकपा एमालेले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई नियुक्त गरेको छ ।

एमाले अध्यक्ष एवम् नेकपा अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई संसदीय दलको उपनेतामा नियुक्त गरेका हुन् ।

नेम्वाङ यसअघिको प्रतिनिधिसभामा पनि नेकपा एमालेको संसदीय दलको उपनेता थिए । नेम्बाङ राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार थिए भने रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

यसअघि आइतबार अध्यक्ष ओलीले एमाले संसदीय दलको सचेतकमा पदम गिरी र महेश बर्तौलालाई प्रमुख सचेतकमा चयन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2023
Website | + posts