नेम्वाङ नेकपा एमालेको संसदीय दलको उपनेतामा नियुक्त

नेम्वाङ नेकपा एमालेको संसदीय दलको उपनेतामा नियुक्त : Icon Khabar

काठमाडौं, फागुन २९ । नेकपा एमालेले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई नियुक्त गरेको छ ।

एमाले अध्यक्ष एवम् नेकपा अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई संसदीय दलको उपनेतामा नियुक्त गरेका हुन् ।

नेम्वाङ यसअघिको प्रतिनिधिसभामा पनि नेकपा एमालेको संसदीय दलको उपनेता थिए । नेम्बाङ राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार थिए भने रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

यसअघि आइतबार अध्यक्ष ओलीले एमाले संसदीय दलको सचेतकमा पदम गिरी र महेश बर्तौलालाई प्रमुख सचेतकमा चयन गरेका थिए ।

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास