महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ मध्ये थप एक जना पक्राउ

महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ मध्ये थप एक जना पक्राउ : Icon Khabar

काठमाडौं, फागुन २८ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ मध्ये थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका–६ बस्ने ३६ वर्षीय शंकर महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । हतियार तथा लागुऔषध मुद्दामा पक्राउ परेका महतो माघ १६ गते राति प्रहरी हिरासतको पर्खाल तोडेर फरार भएका थिए ।

प्रहरीका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले शनिबार राति पर्साको वीरगन्ज महानगरपालिका–१६ इनरुवाको सीमा नाकाबाट गोप्य रुपमा भारततर्फ जाँदै गरेको अवस्थामा महतोलाई पक्राउ गरेको हो ।

माघ १६ गते प्रहरी हिरासत कोठाको पर्खाल तोडेर ६ जना थुनुवा फरार भएका थिए । यसअघि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो भने एक जना अझै फरार छन् ।

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास