महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ मध्ये थप एक जना पक्राउ

महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ मध्ये थप एक जना पक्राउ : Icon Khabar

काठमाडौं, फागुन २८ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ मध्ये थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका–६ बस्ने ३६ वर्षीय शंकर महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । हतियार तथा लागुऔषध मुद्दामा पक्राउ परेका महतो माघ १६ गते राति प्रहरी हिरासतको पर्खाल तोडेर फरार भएका थिए ।

प्रहरीका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले शनिबार राति पर्साको वीरगन्ज महानगरपालिका–१६ इनरुवाको सीमा नाकाबाट गोप्य रुपमा भारततर्फ जाँदै गरेको अवस्थामा महतोलाई पक्राउ गरेको हो ।

माघ १६ गते प्रहरी हिरासत कोठाको पर्खाल तोडेर ६ जना थुनुवा फरार भएका थिए । यसअघि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो भने एक जना अझै फरार छन् ।

Published Date: 12 March 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक