राष्ट्र बैंकको प्रतिवेदन अनुसार रेमिट्यान्स २७.१ प्रतिशतले बढ्यो

राष्ट्र बैंकको प्रतिवेदन अनुसार रेमिट्यान्स २७.१ प्रतिशतले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन २८ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार साउनदेखि माघसम्म कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा २७.१ प्रतिशतले बढी हो ।

गत वर्षका यस अवधिमा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.४ प्रतिशतले बढेर ५ अर्ब ३० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाा) लिने नेपालीको संख्या ३ लाख १४ हजार ७६७ पुगेको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा ५७.३ प्रतिशतले बढी हो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न