१४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया सुरु

१४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया सुरु : Icon Khabar

काठमाडौं, फागुन २८ । त्रिभुवन विश्वविद्यालयका सम्बद्ध क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया सुरु भएको छ । सन् २००९ पछि पहिलो पटक विश्वविद्यालयअन्तर्गत क्याम्पसमा निर्वाचन हुन लागेको हो ।

यसअघि २०७४ सालमा स्ववियुको निर्वाचन घोषणा भए पनि केही क्याम्पसमा मात्रै निर्वाचन भएको थियो । यसपटक अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता भएको स्ववियु केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य सचिव तथा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

प्रा अधिकारीका अनुसार स्ववियु दुई क्याम्पसमा निर्विरोध निर्वाचित भएको हो । उनले धनकुटा बहुउद्देश्यीय क्याम्पसमा अनेरास्ववियु र गोरखा बहुउद्देश्यीय क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा स्ववियु निर्विरोध निर्वाचित भएको बताए ।

त्यसैगरी धादिङ, पश्चिम रुकुम, डोल्पा, हुम्ला, सिन्धुपाल्चोकलगायत जिल्लाका केही सम्बद्ध क्याम्पसमा आफूहरू निर्विरोध निर्वाचित भएको प्राध्यापकले जानकारी दिए । स्ववियु निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीसँगको तालमेलमा आबद्ध विद्यार्थी संगठनले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका क्याम्पसमा समन्वय गरेका छन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि अन्य विद्यार्थी संगठनसँगको समन्वयमा केही ठाउँमा उम्मेदवारी दिएको छ । उपत्यकाका मुख्य क्याम्पसमा नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अनेरास्ववियु (रा) र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले निर्वाचनका लागि समन्वय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित