१४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया सुरु

१४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया सुरु : Icon Khabar

काठमाडौं, फागुन २८ । त्रिभुवन विश्वविद्यालयका सम्बद्ध क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया सुरु भएको छ । सन् २००९ पछि पहिलो पटक विश्वविद्यालयअन्तर्गत क्याम्पसमा निर्वाचन हुन लागेको हो ।

यसअघि २०७४ सालमा स्ववियुको निर्वाचन घोषणा भए पनि केही क्याम्पसमा मात्रै निर्वाचन भएको थियो । यसपटक अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता भएको स्ववियु केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य सचिव तथा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

प्रा अधिकारीका अनुसार स्ववियु दुई क्याम्पसमा निर्विरोध निर्वाचित भएको हो । उनले धनकुटा बहुउद्देश्यीय क्याम्पसमा अनेरास्ववियु र गोरखा बहुउद्देश्यीय क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा स्ववियु निर्विरोध निर्वाचित भएको बताए ।

त्यसैगरी धादिङ, पश्चिम रुकुम, डोल्पा, हुम्ला, सिन्धुपाल्चोकलगायत जिल्लाका केही सम्बद्ध क्याम्पसमा आफूहरू निर्विरोध निर्वाचित भएको प्राध्यापकले जानकारी दिए । स्ववियु निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीसँगको तालमेलमा आबद्ध विद्यार्थी संगठनले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका क्याम्पसमा समन्वय गरेका छन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि अन्य विद्यार्थी संगठनसँगको समन्वयमा केही ठाउँमा उम्मेदवारी दिएको छ । उपत्यकाका मुख्य क्याम्पसमा नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अनेरास्ववियु (रा) र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले निर्वाचनका लागि समन्वय गरेका छन् ।

Published Date: 12 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय