राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै, निजी निवासमा सर्ने तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै, निजी निवासमा सर्ने तयारी : Icon Khabar

काठमाडौं, फागुन २८ । नेपालकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएका पछि भण्डारीले अब शीतल निवास छाड्ने छन् ।

भण्डारी शीतल निवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । उनी फागुन २९ गते निजी निवासमा सर्ने तयारीमा छिन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथ ग्रहण सोमबार (भोलि) हुने भएको छ । प्रधानन्यायाधीशको पद हाल रिक्त रहेकाले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनियताको सपथ खुवाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित