राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै, निजी निवासमा सर्ने तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै, निजी निवासमा सर्ने तयारी : Icon Khabar

काठमाडौं, फागुन २८ । नेपालकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएका पछि भण्डारीले अब शीतल निवास छाड्ने छन् ।

भण्डारी शीतल निवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । उनी फागुन २९ गते निजी निवासमा सर्ने तयारीमा छिन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथ ग्रहण सोमबार (भोलि) हुने भएको छ । प्रधानन्यायाधीशको पद हाल रिक्त रहेकाले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनियताको सपथ खुवाउने छन् ।

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास