श्री एयरलाइन्सका उडान सेवा पुन: सुचारु

श्री एयरलाइन्सका उडान सेवा पुन: सुचारु : Icon Khabar

काठमाडौं, फागुन २७ । श्री एयरलाइन्सले आफ्नो उडान सेवा सुचारु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उक्त एयरलाइन्सका सम्पूर्ण जहाज उडानका लागि पूर्ण रूपमा सुरक्षित रहेको र पुनः उडान सञ्चालन गर्न अनुमति दिएको जनाएको छ ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको विमानको दायाँ इन्जिनमा आगो देखिएपछि प्राधिकरणले शुक्रबार बिहानै एयरलाइन्सका सबै विमानलाई ग्राउण्डेड गरेको थियो ।

प्राधिकरणले प्राविधिक निरीक्षण, इन्जिनियरिङ, सञ्चालन सुरक्षा र कम्पनीको आर्थिक स्थिति र प्रशासनिक अवस्थाको विस्तृत अध्ययन गरी उडान भर्न पूर्णरूपमा सुरक्षित भएकाले प्राधिकरणले पुनः सेवा सञ्चालन गर्न अनुमति दिएको एयरलाइन्सले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2023
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन