श्री एयरलाइन्सका उडान सेवा पुन: सुचारु

श्री एयरलाइन्सका उडान सेवा पुन: सुचारु : Icon Khabar

काठमाडौं, फागुन २७ । श्री एयरलाइन्सले आफ्नो उडान सेवा सुचारु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उक्त एयरलाइन्सका सम्पूर्ण जहाज उडानका लागि पूर्ण रूपमा सुरक्षित रहेको र पुनः उडान सञ्चालन गर्न अनुमति दिएको जनाएको छ ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको विमानको दायाँ इन्जिनमा आगो देखिएपछि प्राधिकरणले शुक्रबार बिहानै एयरलाइन्सका सबै विमानलाई ग्राउण्डेड गरेको थियो ।

प्राधिकरणले प्राविधिक निरीक्षण, इन्जिनियरिङ, सञ्चालन सुरक्षा र कम्पनीको आर्थिक स्थिति र प्रशासनिक अवस्थाको विस्तृत अध्ययन गरी उडान भर्न पूर्णरूपमा सुरक्षित भएकाले प्राधिकरणले पुनः सेवा सञ्चालन गर्न अनुमति दिएको एयरलाइन्सले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

Published Date: 11 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग