इटालियन सिरी ए: मार्टिनेजले पेनाल्टी चुकाउँदा इन्टर मिलान पराजित

इटालियन सिरी ए: मार्टिनेजले पेनाल्टी चुकाउँदा इन्टर मिलान पराजित : Icon Khabar

काठमाडौं, फागुन २७ । एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा स्पेजियासँग हार बेहोरेको छ । इन्टर घरेलु टोली स्पेजियासँग २–१ ले पराजित भएको हो ।

घरेलु टोली स्पेजियाको जितमा ड्यानियल माल्दिनी र एमबाला एनजोलाले गोल गरे । इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काए ।

स्पेजियामा शुक्रबार राति भएको खेलको १४औं मिनेटमा लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलान अग्रता लिनबाट चुक्यो ।

माटिया कालडाराले पेनाल्टी बक्समा ड्यानियल डि एमब्रुसोमाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै इन्टरलाई पेनाल्टी प्रदान गरेको थियो । तर, मार्टिनेजको पेनाल्टीलाई स्पेजियाका गोलरक्षक बार्टलोमिज ड्रागोस्कीले बचाए ।

Published Date: 11 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग