इटालियन सिरी ए: मार्टिनेजले पेनाल्टी चुकाउँदा इन्टर मिलान पराजित

इटालियन सिरी ए: मार्टिनेजले पेनाल्टी चुकाउँदा इन्टर मिलान पराजित : Icon Khabar

काठमाडौं, फागुन २७ । एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा स्पेजियासँग हार बेहोरेको छ । इन्टर घरेलु टोली स्पेजियासँग २–१ ले पराजित भएको हो ।

घरेलु टोली स्पेजियाको जितमा ड्यानियल माल्दिनी र एमबाला एनजोलाले गोल गरे । इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काए ।

स्पेजियामा शुक्रबार राति भएको खेलको १४औं मिनेटमा लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इन्टर मिलान अग्रता लिनबाट चुक्यो ।

माटिया कालडाराले पेनाल्टी बक्समा ड्यानियल डि एमब्रुसोमाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै इन्टरलाई पेनाल्टी प्रदान गरेको थियो । तर, मार्टिनेजको पेनाल्टीलाई स्पेजियाका गोलरक्षक बार्टलोमिज ड्रागोस्कीले बचाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2023
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन