मन्त्रिपरिषद् विस्तार चैत्र ५ गतेपछि मात्रै हुने

मन्त्रिपरिषद् विस्तार चैत्र ५ गतेपछि मात्रै हुने : Icon Khabar

काठमाडौं, फागुन २६ । मन्त्रिपरिषद् विस्तार चैत्र ५ गतेपछि मात्रै हुने भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार छोडेपछि सबै महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्दै आएका छन्।

शुक्रबार बसेको माओवादी गुटका नेताहरुको बैठकपछि सञ्चारकर्मीलाई जवाफ दिँदै माओवादी केन्द्रका महासचिव देव गुरुङले उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तारको काम गरिने बताए ।

गुरुङले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएकाले सरकार विस्तार हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts