प्रधानमन्त्री दाहाल विरुद्धको रिट आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

प्रधानमन्त्री दाहाल विरुद्धको रिट आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै : Icon Khabar

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । बिहीबार स्थगित भएको रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ ।

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री दाहालले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिका विषयलाई लिएर सर्वोच्चमा रिट दर्ता भएको हो ।

गत मंगलबार प्रधानमन्त्री दाहालविरुद्ध ज्ञानेन्द्रराज आरन र कल्याण बुढाथोकीसहित २६ जनाले दुई रिट निवेदन दर्ता गराएका थिए ।

यसअघि सर्वोच्च प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिका आधारमा परेको निवेदन दर्ता गर्न नमिल्ने भन्दै दरपीठ (दर्ता नगर्ने निर्णय) आदेश दिएको थियो । प्रशासनको आदेशविरुद्ध निवेदक सर्वोच्चमा पुगेपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो ।

Published Date: 10 March 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु