प्रधानमन्त्री दाहाल विरुद्धको रिट आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

प्रधानमन्त्री दाहाल विरुद्धको रिट आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै : Icon Khabar

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । बिहीबार स्थगित भएको रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ ।

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री दाहालले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिका विषयलाई लिएर सर्वोच्चमा रिट दर्ता भएको हो ।

गत मंगलबार प्रधानमन्त्री दाहालविरुद्ध ज्ञानेन्द्रराज आरन र कल्याण बुढाथोकीसहित २६ जनाले दुई रिट निवेदन दर्ता गराएका थिए ।

यसअघि सर्वोच्च प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिका आधारमा परेको निवेदन दर्ता गर्न नमिल्ने भन्दै दरपीठ (दर्ता नगर्ने निर्णय) आदेश दिएको थियो । प्रशासनको आदेशविरुद्ध निवेदक सर्वोच्चमा पुगेपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू