आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन २६ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा राम्रो सुनको कारोबार भइरहेको छ । बिहीबार त्यसको मूल्य प्रतितोला १ लाख १ हजार रहेको थियो ।

त्यस्तै, हिजो तेजावी सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसैबीच बिहीबार र शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार २ सय २० रुपैयाँमा स्थिर रहेको छ ।

Published Date: 10 March 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु