बलिउड अभिनेत्री करीना कपूरको विगतका बारेमा रोचक प्रसंग, तेस्रो पटकमा सफल भएको प्रेम सम्बन्ध

बलिउड अभिनेत्री करीना कपूरको विगतका बारेमा रोचक प्रसंग, तेस्रो पटकमा सफल भएको प्रेम सम्बन्ध : Icon Khabar

मुम्बई, फागुन २३ । बलिउड अभिनेत्री करीना कपूर खान दुई छोराकी आमा हुन् । हुन त अभिनयमार्फत आफ्नै बेग्लै छवि बनाउन सफल करीनालाई अभिनेता सैफ अली खानको धर्मपत्नीको रुपमा समेत चिनिन्छ ।

यसैबीच, अभिनेत्री कपूरको एउटा विगतका बारेमा रोचक प्रसंग सार्वजनिक भएको छ । सैफ अली खानसंग प्रेम विवाह हुनुअघि उनको नाम अभिनेता शाहिद कपूरसंग मात्र जोडिएको मानिएको थियो । त्यसअघि शाहिद कपूरभन्दा अघि पनि करीनाको जीवनमा एक जना पुरुष आइसकेको बताइएको छ ।

ती पुरुषको नाम विक्की निहलानी भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । करीनालाई पनि विक्की निकै मन पथ्र्यो र उनी विक्कीलाई आफ्नो सोलमेट मान्थिन् । यसबारेमा करीनाले २००३ मा दिएको एउटा अन्र्तवार्ताका क्रममा आफैंले बताएकी थिइन् ।

करीनाले भनेकी थिइन् – ‘विक्की र म सोलमेट जस्तै हौ । विक्की सधैँ मसंगै हुन्छ । विक्की मेरो पहिलो प्रेम हो । विक्कीसंग मेरो १३ वर्षको उमेरमै प्रेम सम्बन्ध गाँसिएको हो । त्यो उमेरमा मैले आफ्नो भविष्यको बारेमा सोचेको थिइन । त्यो समय प्रेमका लागि निकै छिट्टो थियो, त्यसैले पढाइ तथा करियरमा ध्यान दिनु आवश्यक थियो तर हामी एकसाथ थियौँ ।’

विक्की निहलानी पनि एक अभिनेता हुन् । उनले फिल्म ‘आज के शहंशाह’ मा काम गरेका थिए । उनी फिल्म निमार्ता पहलाज निहलानीका छोरा हुन् । केहि समयपछि विक्की र करीनाको ब्रेकअप भयो । विक्कीले इटालीमा बसोबास गर्ने एक यूवतीसंग विवाह गरे । तर केहि समयपछि ती यूवतीको मृत्यु भयो ।

विक्कीपछि करीनाले शाहिद कपूरसंग डेट गर्न थालिन् । तर शाहिदसंग केहि वर्षको डेटपछि उनीहरुको पनि बे्रकअप भयो । त्यसपछि करीना सैफ अली खानसंगको प्रेममा परिन् । करीनाले सन् २०१२ मा सैफ अली खानसंग विवाह गरिन् । अहिले उनी दुई छोरा तैमूर र जेह अली खानकी आमा बनेकी छिन् । करीना र सैफ फिल्म ‘टशन’ को सेटमा नजिक भएका थिए ।

Published Date: 07 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय