बलिउड अभिनेत्री करीना कपूरको विगतका बारेमा रोचक प्रसंग, तेस्रो पटकमा सफल भएको प्रेम सम्बन्ध

बलिउड अभिनेत्री करीना कपूरको विगतका बारेमा रोचक प्रसंग, तेस्रो पटकमा सफल भएको प्रेम सम्बन्ध : Icon Khabar

मुम्बई, फागुन २३ । बलिउड अभिनेत्री करीना कपूर खान दुई छोराकी आमा हुन् । हुन त अभिनयमार्फत आफ्नै बेग्लै छवि बनाउन सफल करीनालाई अभिनेता सैफ अली खानको धर्मपत्नीको रुपमा समेत चिनिन्छ ।

यसैबीच, अभिनेत्री कपूरको एउटा विगतका बारेमा रोचक प्रसंग सार्वजनिक भएको छ । सैफ अली खानसंग प्रेम विवाह हुनुअघि उनको नाम अभिनेता शाहिद कपूरसंग मात्र जोडिएको मानिएको थियो । त्यसअघि शाहिद कपूरभन्दा अघि पनि करीनाको जीवनमा एक जना पुरुष आइसकेको बताइएको छ ।

ती पुरुषको नाम विक्की निहलानी भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । करीनालाई पनि विक्की निकै मन पथ्र्यो र उनी विक्कीलाई आफ्नो सोलमेट मान्थिन् । यसबारेमा करीनाले २००३ मा दिएको एउटा अन्र्तवार्ताका क्रममा आफैंले बताएकी थिइन् ।

करीनाले भनेकी थिइन् – ‘विक्की र म सोलमेट जस्तै हौ । विक्की सधैँ मसंगै हुन्छ । विक्की मेरो पहिलो प्रेम हो । विक्कीसंग मेरो १३ वर्षको उमेरमै प्रेम सम्बन्ध गाँसिएको हो । त्यो उमेरमा मैले आफ्नो भविष्यको बारेमा सोचेको थिइन । त्यो समय प्रेमका लागि निकै छिट्टो थियो, त्यसैले पढाइ तथा करियरमा ध्यान दिनु आवश्यक थियो तर हामी एकसाथ थियौँ ।’

विक्की निहलानी पनि एक अभिनेता हुन् । उनले फिल्म ‘आज के शहंशाह’ मा काम गरेका थिए । उनी फिल्म निमार्ता पहलाज निहलानीका छोरा हुन् । केहि समयपछि विक्की र करीनाको ब्रेकअप भयो । विक्कीले इटालीमा बसोबास गर्ने एक यूवतीसंग विवाह गरे । तर केहि समयपछि ती यूवतीको मृत्यु भयो ।

विक्कीपछि करीनाले शाहिद कपूरसंग डेट गर्न थालिन् । तर शाहिदसंग केहि वर्षको डेटपछि उनीहरुको पनि बे्रकअप भयो । त्यसपछि करीना सैफ अली खानसंगको प्रेममा परिन् । करीनाले सन् २०१२ मा सैफ अली खानसंग विवाह गरिन् । अहिले उनी दुई छोरा तैमूर र जेह अली खानकी आमा बनेकी छिन् । करीना र सैफ फिल्म ‘टशन’ को सेटमा नजिक भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 March 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता