ए डिभिजन लिग अन्तरगत आज दुई खेल हुँदै

ए डिभिजन लिग अन्तरगत आज दुई खेल हुँदै : Icon Khabar

काठमाडौं, फागुन २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ । एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लव चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्नेछन् ।

चर्च ब्वाइज र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । पहिलो खेलमा चर्चले नेपाल पुलिस क्लवलाई हराएको थियो । खुमलटार पनि दोस्रो जितको खोजिमा रहेको छ । खुमलटारले पहिलो खेलमा फ्रेण्ड्स क्लवलाई हराएको थियो ।

यस्तै च्यासल मैदानमा फ्रेण्ड्स क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल पनि दिउँसो २ः३० बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 March 2023
Website | + posts