ए डिभिजन लिग अन्तरगत आज दुई खेल हुँदै

ए डिभिजन लिग अन्तरगत आज दुई खेल हुँदै : Icon Khabar

काठमाडौं, फागुन २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ । एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लव चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्नेछन् ।

चर्च ब्वाइज र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । पहिलो खेलमा चर्चले नेपाल पुलिस क्लवलाई हराएको थियो । खुमलटार पनि दोस्रो जितको खोजिमा रहेको छ । खुमलटारले पहिलो खेलमा फ्रेण्ड्स क्लवलाई हराएको थियो ।

यस्तै च्यासल मैदानमा फ्रेण्ड्स क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल पनि दिउँसो २ः३० बजे शुरु हुनेछ ।

Published Date: 07 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय