सञ्चालकहरुले लिएको ऋण असुली गर्न सहकारी संस्थाहरु संघर्षरत: नेफ्स्कुन

सञ्चालकहरुले लिएको ऋण असुली गर्न सहकारी संस्थाहरु संघर्षरत: नेफ्स्कुन : Icon Khabar

काठमाडौं, फागुन २३ । बैंक तथा वित्तीय संस्थाले कर्जाको रकम असुल गर्न संघर्ष गरिरहेको बेला बचत तथा ऋण सहकारी संस्था (साकोस) पनि सञ्चालकहरुले लिएको कर्जाका कारण यस्तै समस्यामा परेका छन् । ।

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का अनुसार सञ्चालक समिति र साकोसका उपसमितिका सदस्यहरुलाई उपलब्ध गराइएको ठूलो रकम खराब कर्जामा जाने जोखिममा परेको छ ।

नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले आइतबार एक कार्यक्रममा बोल्दै साकोसका सञ्चालक समितिले लिएको ऋण असुली झनै चुनौतीपूर्ण बन्दै गएको बताए ।

पछिल्लो समय बढ्दो संख्यामा सहकारीहरु आर्थिक संकटमा फसेका छन् भने अधिकांशमा तरलताको समस्या देखिएको छ । विगतमा पनि ठूलो संख्यामा सहकारीले घरजग्गा कारोबारमा बढी संलग्नताका कारण यस्तै समस्या भोग्नुपरेको थियो । धेरैजसो अवस्थामा सहकारीका उच्च तहका पदाधिकारीले व्यक्तिगत प्रयोजनका लागि यी सहकारीबाट चर्को ऋण लिएको पाइएको छ ।

यसैबीच नेफ्स्कनले बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरूको दुईदिने गोष्ठी आयोजना गर्दैछ । सातवटा पेपर प्रस्तुतीकरण र ४५० भन्दा बढी सहभागीको भेला रहेको सम्मेलनमा मुख्यतया सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्या समाधानमा केन्द्रित रहने साकोसको छाता संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 March 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू