सञ्चालकहरुले लिएको ऋण असुली गर्न सहकारी संस्थाहरु संघर्षरत: नेफ्स्कुन

सञ्चालकहरुले लिएको ऋण असुली गर्न सहकारी संस्थाहरु संघर्षरत: नेफ्स्कुन : Icon Khabar

काठमाडौं, फागुन २३ । बैंक तथा वित्तीय संस्थाले कर्जाको रकम असुल गर्न संघर्ष गरिरहेको बेला बचत तथा ऋण सहकारी संस्था (साकोस) पनि सञ्चालकहरुले लिएको कर्जाका कारण यस्तै समस्यामा परेका छन् । ।

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का अनुसार सञ्चालक समिति र साकोसका उपसमितिका सदस्यहरुलाई उपलब्ध गराइएको ठूलो रकम खराब कर्जामा जाने जोखिममा परेको छ ।

नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले आइतबार एक कार्यक्रममा बोल्दै साकोसका सञ्चालक समितिले लिएको ऋण असुली झनै चुनौतीपूर्ण बन्दै गएको बताए ।

पछिल्लो समय बढ्दो संख्यामा सहकारीहरु आर्थिक संकटमा फसेका छन् भने अधिकांशमा तरलताको समस्या देखिएको छ । विगतमा पनि ठूलो संख्यामा सहकारीले घरजग्गा कारोबारमा बढी संलग्नताका कारण यस्तै समस्या भोग्नुपरेको थियो । धेरैजसो अवस्थामा सहकारीका उच्च तहका पदाधिकारीले व्यक्तिगत प्रयोजनका लागि यी सहकारीबाट चर्को ऋण लिएको पाइएको छ ।

यसैबीच नेफ्स्कनले बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरूको दुईदिने गोष्ठी आयोजना गर्दैछ । सातवटा पेपर प्रस्तुतीकरण र ४५० भन्दा बढी सहभागीको भेला रहेको सम्मेलनमा मुख्यतया सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्या समाधानमा केन्द्रित रहने साकोसको छाता संगठनले जनाएको छ ।

Published Date: 07 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय