सर्वोच्च शिखर सगरमाथाको उचाइ रहेको खुम्बु क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अन्तरक्रिया हुने

सर्वोच्च शिखर सगरमाथाको उचाइ रहेको खुम्बु क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अन्तरक्रिया हुने : Icon Khabar

काठमाडौं, फागुन १९ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा जलवायु परिवर्तनका कारण जनजीवनमा परेको असरप्रति विश्वको ध्यानाकर्षण गराउन विशेष अन्तरक्रिया हुने भएको छ ।

यही फागुन २४ गते आयोजना हुन लागेको उक्त कार्यक्रमलाई नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतावास, नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडीपी, आइसीआईएमओडी, लगायतको विशेष सहयोग रहने बताइएको छ ।

जलवायु परिवर्तन र वातावरणको क्षेत्रमा काम गर्नेहरुसँगै गत वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सगरमाथाको काला पत्थरमा कार्यक्रम गरी ‘काला पत्थर घोषणापत्र’ जारी गरिएको थियो । ‘काला पत्थर घोषणापत्र’पछि आसपासका क्षेत्रमा वार्षिक कार्यक्रम गर्ने योजनाअनुसार यो कार्यक्रम गर्न लागिएको संस्थाकी अध्यक्ष प्रजिता कार्कीले बताइन् ।

कार्यक्रममा उपसभामुख इन्दिरा राणा मगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभा सदस्य तथा पूर्वमन्त्री डा विमला राई पौड्याल, युएई दूतावासका प्रतिनिधि, विज्ञ लगायतको सहभागिता रहने उनले बताईन्।

कार्यक्रमको उद्देश्य हिमाली क्षेत्रका बासिन्दा, विशेषगरी महिलाहरूलाई जलवायु परिवर्तनका चुनौतिहरूको सामना गर्न सक्षम बनाउन, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीहरूप्रति विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्ने र ग्लोबल वार्मिङका कारण हिमाल पग्लिने चिन्ताप्रति ध्यानाकर्षण गराउने रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2023
Website | + posts