जलवायु परिवर्तनले आयुर्वेदका लागि उपयुक्त नेपालजस्तो प्राकृतिक गन्तव्यलाई नराम्ररी असर गरेको छ: प्रधानमन्त्री दाहाल

जलवायु परिवर्तनले आयुर्वेदका लागि उपयुक्त नेपालजस्तो प्राकृतिक गन्तव्यलाई नराम्ररी असर गरेको छ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयुर्वेदका लागि उपयुक्त ठाउँ भएको बताउँदै आयुर्वेदको प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण आयुर्वेदका लागि उपयुक्त नेपालजस्ता प्राकृतिक गन्तव्यमा विभिन्न किसिमका समस्या आएको र त्यसलाई न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने बताए ।

उनले नेपाल आयुर्वेद क्षेत्रका लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी जस्ता महत्वपूर्ण औषधीय वनस्पति पाइने उल्लेख गरे ।

प्रधानमन्त्रीले आयुर्वेदको विकासका लागि नेपालमा वनस्पति संरक्षणमा जोड दिँदै सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको बताए । सिंहदरबारमा वैद्यखाना स्थापना गर्ने जस्ता सरकारका प्रयासहरू आयुर्वेदको संरक्षण र प्रवद्र्धनका लागि हुन्।

उनले भारतले नेपाललाई आयुर्वेदिक औषधिको प्राथमिक स्रोतका रूपमा मान्यता दिएको भन्दै नेपालको वनस्पति संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । साथै उनले नेपालमा पाइने बिरुवाहरुको अध्ययन र अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले महासभामा जलवायु परिवर्तन र त्यसको असर न्यूनीकरणका उपायबारे छलफल हुनेमा आफू विश्वस्त रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू