आठ दलीय गठबन्धनले आज सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दै

आठ दलीय गठबन्धनले आज सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दै : Icon Khabar

काठमाडौं, फागुन १९ । आगामी राष्ट्रपतिको निर्वाचनलाई ध्यानमा राख्दै आठ दलीय गठबन्धनले आज सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

आठ दलीय गठबन्धनले यसअघि नै राष्ट्रपतिका लागि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने घोषणा गरिसकेको छ । सोही अनुसार कांग्रेससँगको समन्वयमा गठबन्धनले आज प्रदेशसभा सदस्यलाई लक्षित गरी कार्यक्रम गर्न लागेको हो ।

कांग्रेसले कोशी प्रदेशमा महासचिव विश्वप्रकाश शर्मा, मधेसमा सहमहासचिव फरमुल्लाह मन्सुर, वाग्मतीमा महासचिव गगन थापा, गण्डकीमा उपाध्यक्ष धनराज गुरुङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपाध्यक्ष पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । र सुदूरपश्चिम प्रदेशका सहमहासचिव बद्री पाण्डेलाई जिम्मेवारी दिएको छ ।

Published Date: 03 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय