आठ दलीय गठबन्धनले आज सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दै

आठ दलीय गठबन्धनले आज सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दै : Icon Khabar

काठमाडौं, फागुन १९ । आगामी राष्ट्रपतिको निर्वाचनलाई ध्यानमा राख्दै आठ दलीय गठबन्धनले आज सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

आठ दलीय गठबन्धनले यसअघि नै राष्ट्रपतिका लागि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने घोषणा गरिसकेको छ । सोही अनुसार कांग्रेससँगको समन्वयमा गठबन्धनले आज प्रदेशसभा सदस्यलाई लक्षित गरी कार्यक्रम गर्न लागेको हो ।

कांग्रेसले कोशी प्रदेशमा महासचिव विश्वप्रकाश शर्मा, मधेसमा सहमहासचिव फरमुल्लाह मन्सुर, वाग्मतीमा महासचिव गगन थापा, गण्डकीमा उपाध्यक्ष धनराज गुरुङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपाध्यक्ष पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । र सुदूरपश्चिम प्रदेशका सहमहासचिव बद्री पाण्डेलाई जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2023
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो