पशुपति क्षेत्रमा रहेका सबै अनधिकृत संरचना हटाउन महानगरको २४ घण्टाको अल्टिमेटम

पशुपति क्षेत्रमा रहेका सबै अनधिकृत संरचना हटाउन महानगरको २४ घण्टाको अल्टिमेटम : Icon Khabar

काठमाडौं, फागुन १९ । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा रहेका सबै अनधिकृत संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ ।

कामनपाको टोलीले पशुपति क्षेत्रमा अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशनसहित अल्टिमेटम दिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरामन अधिकारीले जानकारी दिए । उनले भने, ‘महानगरले हामीलाई औपचारिक रूपमा जानकारी गराएको छैन, तर अतिक्रमित संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको सुनेका छौं ।

महानगरपालिकाका अनुसार गौशाला धर्मशालाको नाममा वार्षिक ५० हजार भाडामा १० रोपनी जग्गा प्याडिटीबाट सञ्चालन भईरहेको पाइएको छ ।

त्यस्तै, महानगरपालिकाको अनुगमनका क्रममा पशुपति क्षेत्रमा २० भन्दा बढी शटर दर्ताविना सञ्चालन भएको पाइएको छ । धर्मशालाले नक्सा पासविना संरचना बनाएको पाइएपछि कामनपाले त्यस्ता संरचना हटाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू