पशुपति क्षेत्रमा रहेका सबै अनधिकृत संरचना हटाउन महानगरको २४ घण्टाको अल्टिमेटम

पशुपति क्षेत्रमा रहेका सबै अनधिकृत संरचना हटाउन महानगरको २४ घण्टाको अल्टिमेटम : Icon Khabar

काठमाडौं, फागुन १९ । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा रहेका सबै अनधिकृत संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ ।

कामनपाको टोलीले पशुपति क्षेत्रमा अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशनसहित अल्टिमेटम दिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरामन अधिकारीले जानकारी दिए । उनले भने, ‘महानगरले हामीलाई औपचारिक रूपमा जानकारी गराएको छैन, तर अतिक्रमित संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको सुनेका छौं ।

महानगरपालिकाका अनुसार गौशाला धर्मशालाको नाममा वार्षिक ५० हजार भाडामा १० रोपनी जग्गा प्याडिटीबाट सञ्चालन भईरहेको पाइएको छ ।

त्यस्तै, महानगरपालिकाको अनुगमनका क्रममा पशुपति क्षेत्रमा २० भन्दा बढी शटर दर्ताविना सञ्चालन भएको पाइएको छ । धर्मशालाले नक्सा पासविना संरचना बनाएको पाइएपछि कामनपाले त्यस्ता संरचना हटाउने बताएको छ ।

Published Date: 03 March 2023
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय