तपाईको घरमा भएको ग्यासको सिलिण्डर एक्सपाइर हुन पो लाग्यो कि ? यसरि थाहा पाउनुस

तपाईको घरमा भएको ग्यासको सिलिण्डर एक्सपाइर हुन पो लाग्यो कि ? यसरि थाहा पाउनुस : Icon Khabar

काठमाडौँ, फागुन १८ । बजारका अन्य सामान झैँ एलपिजी ग्याँसको सिलिण्डरको पनि एक्पाइरी डेट तोकिएको हुन्छ। सिलिण्डरको माथिको गोलो ह्याण्डललाई सिलिण्डरसंग जोड्ने, ३ वटा सीधा चेप्टो डण्डी मध्ये कुनै एक मा सिलिण्डरको एक्पाइरी डेट पेन्ट गरिएको हुन्छ। त्यो डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ।

त्यसैबाट अन्तिम मिती थाहा पाउन सकिन्छ। ती अक्षरले एक्सपाइर हुने महिनालाई सङ्केत गर्दछ (जनवरी देखि डिसेम्बर सम्म) भने अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ। A – जनवरी देखि मार्च, B – अप्रील देखि जून, C – जुलाई देखि सेप्टेम्बर, D – अक्टोबर देखि डिसेम्बर ।

उदाहरणको लागि, मानौँ तपाईँको सिलिण्डरमा ‘A 18’ लेखिएको छ। यसमा, A ले जनवरी देखि मार्च महिनालाई सङ्केत गर्दछ। अनि 18 ले सन् २०१८ को वर्षलाई जनाउँदछ। मतलब, तपाईँको सिलिण्डर सन् २०१८ को जनवरी देखि मार्च महिनासम्ममा एक्सपाइर हुन्छ ।

त्यसैले, ग्याँस किन्दा अन्तिम मिती हेरेर मात्रै सिलिण्डर लिने गर्नुपर्छ ।अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ ।उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् ।

Published Date: 02 March 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग