आठ दलीय गठबन्धनका सांसदले आज अभिमुखीकरण लिने

आठ दलीय गठबन्धनका सांसदले आज अभिमुखीकरण लिने : Icon Khabar

काठमाडौं, फागुन १८ । हालै बनेको आठ दलीय गठबन्धनका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको राष्ट्रपतिको निर्वाचन सम्बन्धी अभिमुखीकरण सत्र आज बस्दैछ ।

एक गठबन्धन साझेदार नेपाली कांग्रेसको समन्वय र व्यवस्थापनमा बैठक दिउँसो १ बजे काठमाडौंको तिनकुनेस्थित शाही भोजमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अभिमुखीकरण सत्रमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका आठ दलका सांसद सहभागी हुने उनले बताए ।

बैठकलाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्दै राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई भोट गर्न सांसदहरूलाई आग्रह गर्ने कार्यक्रम छ ।

आठ दलीय गठबन्धनको समर्थनमा पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै, नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित