आठ दलीय गठबन्धनका सांसदले आज अभिमुखीकरण लिने

आठ दलीय गठबन्धनका सांसदले आज अभिमुखीकरण लिने : Icon Khabar

काठमाडौं, फागुन १८ । हालै बनेको आठ दलीय गठबन्धनका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको राष्ट्रपतिको निर्वाचन सम्बन्धी अभिमुखीकरण सत्र आज बस्दैछ ।

एक गठबन्धन साझेदार नेपाली कांग्रेसको समन्वय र व्यवस्थापनमा बैठक दिउँसो १ बजे काठमाडौंको तिनकुनेस्थित शाही भोजमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अभिमुखीकरण सत्रमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका आठ दलका सांसद सहभागी हुने उनले बताए ।

बैठकलाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्दै राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई भोट गर्न सांसदहरूलाई आग्रह गर्ने कार्यक्रम छ ।

आठ दलीय गठबन्धनको समर्थनमा पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै, नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।

Published Date: 02 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय