कमलविनायक–नगरकोट सडक मर्मतमा भएको ढिलाइ अब सरकारले नसहने: मन्त्री नारायणकाजी श्रेष्ठ

यो अरु कारणले होइन, ठेकेदारको लापरवाहीका कारण हो, अब सहने छैनौँ

कमलविनायक–नगरकोट सडक मर्मतमा भएको ढिलाइ अब सरकारले नसहने: मन्त्री नारायणकाजी श्रेष्ठ : Icon Khabar
फाइल तस्बिर

काठमाडौं, फागुन १८ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्डको अनुगमन गरेको छ ।

अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सम्बन्धित आयोजनाका प्रमुख र ठेक्का पाएको निर्माण कम्पनीका प्रतिनिधि रहेका छन् । यस सडक आयोजनाका लागि भारतको एक्जिम बैंकको आर्थिक सहयोग रहेकोले स्थलगत अनुगमन टोलीमा राजदूत श्रीवास्तव पनि सहभागी थिए ।

कमलविनायक–नगरकोट सडकखण्डको ठेक्का शैलुङ कन्स्ट्रक्सनले पाएको हो। पटक–पटक म्याद दिए पनि काम सम्पन्न हुन नसकेपछि यो आयोजना अलमलमा परेको छ । वर्षौंदेखि निर्माणमा ढिलाइ हुँदा जनता सास्ती खेप्दै आएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले स्पष्टीकरण मागेपछि निर्माण कम्पनीले चैत मसान्तसम्ममा सबै काम सक्ने आश्वासन दिएको थियो । उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले त्यसको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन गरिएको जानकारी दिएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले ठेकेदारको लापरवाहीका कारण कमलविनायक–नगरकोट सडक मर्मतमा भएको ढिलाइ सरकारले सहन नसक्ने चेतावनी दिए । आज सडक अनुगमन गर्न गएका श्रेष्ठले स्थानीयसँग कुराकानी गर्दै भने, ‘यो अरु कारणले होइन, ठेकेदारको लापरवाहीका कारण हो, अब सहने छैनौँ ।

उपप्रधानमन्त्री श्रेष्ठले जनताले उठाएका गुनासो जायज रहेको भन्दै अब काम गरेर देखाउने बताए । ‘चासो र चासो देखाउनुपर्ने कारण छ, त्यसैले जनतालाई सम्मान गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘तर यो काम तोकिएकै समयमा पूरा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2023
Website | + posts