कमलविनायक–नगरकोट सडक मर्मतमा भएको ढिलाइ अब सरकारले नसहने: मन्त्री नारायणकाजी श्रेष्ठ

यो अरु कारणले होइन, ठेकेदारको लापरवाहीका कारण हो, अब सहने छैनौँ

कमलविनायक–नगरकोट सडक मर्मतमा भएको ढिलाइ अब सरकारले नसहने: मन्त्री नारायणकाजी श्रेष्ठ : Icon Khabar
फाइल तस्बिर

काठमाडौं, फागुन १८ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्डको अनुगमन गरेको छ ।

अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सम्बन्धित आयोजनाका प्रमुख र ठेक्का पाएको निर्माण कम्पनीका प्रतिनिधि रहेका छन् । यस सडक आयोजनाका लागि भारतको एक्जिम बैंकको आर्थिक सहयोग रहेकोले स्थलगत अनुगमन टोलीमा राजदूत श्रीवास्तव पनि सहभागी थिए ।

कमलविनायक–नगरकोट सडकखण्डको ठेक्का शैलुङ कन्स्ट्रक्सनले पाएको हो। पटक–पटक म्याद दिए पनि काम सम्पन्न हुन नसकेपछि यो आयोजना अलमलमा परेको छ । वर्षौंदेखि निर्माणमा ढिलाइ हुँदा जनता सास्ती खेप्दै आएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले स्पष्टीकरण मागेपछि निर्माण कम्पनीले चैत मसान्तसम्ममा सबै काम सक्ने आश्वासन दिएको थियो । उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले त्यसको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन गरिएको जानकारी दिएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले ठेकेदारको लापरवाहीका कारण कमलविनायक–नगरकोट सडक मर्मतमा भएको ढिलाइ सरकारले सहन नसक्ने चेतावनी दिए । आज सडक अनुगमन गर्न गएका श्रेष्ठले स्थानीयसँग कुराकानी गर्दै भने, ‘यो अरु कारणले होइन, ठेकेदारको लापरवाहीका कारण हो, अब सहने छैनौँ ।

उपप्रधानमन्त्री श्रेष्ठले जनताले उठाएका गुनासो जायज रहेको भन्दै अब काम गरेर देखाउने बताए । ‘चासो र चासो देखाउनुपर्ने कारण छ, त्यसैले जनतालाई सम्मान गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘तर यो काम तोकिएकै समयमा पूरा गर्नुपर्छ ।

Published Date: 02 March 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ