सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय भेलाको नेतृत्व कांग्रेसका प्रदेश पदाधिकारीले गर्ने

सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय भेलाको नेतृत्व कांग्रेसका प्रदेश पदाधिकारीले गर्ने : Icon Khabar

काठमाडौं, फागुन १७ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बसेको नेपाली कांग्रेसको बैठकले यही फागुन १९ गते बस्ने सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय बैठकको नेतृत्व पार्टीका पदाधिकारीले गर्ने निर्णय गरेको छ ।

सभापति देउवाको निवासमा बसेको नेपाली कांग्रेसको औपचारिक बैठकले यस्तो निर्णय गरेको हो ।

भेलामा सहमहासचिव बद्री पाण्डेले पुरानो गठबन्धनलाई पुनर्जीवित गर्नुको कारण र राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई कसरी विजयी गराउने भन्ने बारेमा बताउनुभयो ।

सत्तारुढ गठबन्धनका आठ दलले यही फागुन १९ गते सम्बन्धित प्रदेशमा प्रदेशस्तरीय बैठक गर्ने निर्णय गरेका छन् ।

Published Date: 01 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय