बुधबार नेप्से २१.४४ अंकले गिरावट, कारोबार रकम पनि घट्यो

बुधबार नेप्से २१.४४ अंकले गिरावट, कारोबार रकम पनि घट्यो : Icon Khabar

काठमाडौँ, फागुन १७ । बुधबार नेप्से परिसूचक २४.४४ अंकले घटेको छ। यससँगै कारोबार रकम पनि घटेर १ अर्ब २८ करोडमा झरेकाे छ।

बुधबार सेन्सेटिभ इण्डेक्स ३.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२६ अंक घटेको छ। आज २५७ स्टकको २६ हजार ४५४ पटकको कारोबारमा १ अबए २८ करोड ८३ लाख ६३ हजार रुपैयाँ बराबरको ३७ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ वटै उपमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा , निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

पछिल्लो समय नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ। यस साताको सोमबारदेखि नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि दैनिक घटिरहेको छ।

Published Date: 01 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय