बुधबार नेप्से २१.४४ अंकले गिरावट, कारोबार रकम पनि घट्यो

बुधबार नेप्से २१.४४ अंकले गिरावट, कारोबार रकम पनि घट्यो : Icon Khabar

काठमाडौँ, फागुन १७ । बुधबार नेप्से परिसूचक २४.४४ अंकले घटेको छ। यससँगै कारोबार रकम पनि घटेर १ अर्ब २८ करोडमा झरेकाे छ।

बुधबार सेन्सेटिभ इण्डेक्स ३.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२६ अंक घटेको छ। आज २५७ स्टकको २६ हजार ४५४ पटकको कारोबारमा १ अबए २८ करोड ८३ लाख ६३ हजार रुपैयाँ बराबरको ३७ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ वटै उपमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा , निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

पछिल्लो समय नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ। यस साताको सोमबारदेखि नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि दैनिक घटिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2023
Website | + posts