भक्तपुरको चाँगुनारायण नपा भित्र अर्को बर्षदेखि इट्टा भट्टा संचालन गर्न नदिने: मेयर खत्री

चाँगुनारायण बन्यो उपत्यकाकै सबैभन्दा प्रदूषित नगर

भक्तपुरको चाँगुनारायण नपा भित्र अर्को बर्षदेखि इट्टा भट्टा संचालन गर्न नदिने: मेयर खत्री : Icon Khabar

भक्तपुर, फागुन १७ । भक्तपुरको चाँगुनारायण नगरपालिकाभित्र अर्को बर्ष देखि इट्टा भट्टा संचालन गर्न नदिने भएको छ। चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले इट्टा भट्टा संचालनका कारण वायु प्रदूषण अत्याधिक हुँदा क्यान्सरकाे जोखिम बढेको र प्रत्येक दिन दुई जना बिरामी उपचार सहायताको लागि सिफारिस लिन आउने गरेको खुलासा गर्दै वायु प्रदूषण रोक्न अर्को वर्षदेखि इट्टा भट्टा सञ्चालन गर्न नदिने उद्घोष गरेका हुन्।

आफूलाई करको भन्दा नागरिकको ज्यानको माया भएको जिकिर गर्दै उहाँले वैकल्पिक व्यवसाय रोज्न आग्रह गरे। भक्तपुरमा चार दर्जनभन्दा बढी इट्टा भट्टा छन् । व्यवसाय स्थानान्तरण गर्दा वा व्यवसाय छोड्दा हुनसक्ने नोक्सानको क्षतिपूर्ति नगरपालिकाले गरिदिने समेत उनले आश्वासन दिए ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको वायु प्रदूषण न्यूनीकरण एवम् रोकथाम विषयक अन्तरक्रिया कार्यक्रममा भक्तपुरको चाँगुनारायण उपत्यकाकै सबैभन्दा प्रदूषित नगर भन्ने तथ्यांकप्रति वक्ताहरूले चिन्ता व्यक्त गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2023
Website | + posts