नेपालले दोहोर्‍यायो द्वन्द्वपीडितलाई न्याय उपलब्ध गराउने प्रतिबद्धता

नेपालले दोहोर्‍यायो द्वन्द्वपीडितलाई न्याय उपलब्ध गराउने प्रतिबद्धता : Icon Khabar
तस्बिर: किरण सुवाल

काठमाडौं, फागुन १७ । नेपालले समाजमा शान्ति र मेलमिलापको प्रवर्द्धन गर्दै सङ्क्रमणकालीन न्याय प्रक्रिया पूरा गर्न र द्वन्द्वपीडितलाई न्याय र परिपूरण उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा मंगलबार भएको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५२औँ उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालका शान्ति तथा मानवअधिकार सल्लाहकार गोविन्दप्रसाद शर्मा कोइरालाले विस्तृत शान्ति सम्झौताबाट सरकार निर्देशित हुने बताए ।

सर्वोच्च अदालतको फैसला र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धताका साथै त्यसतर्फ पीडितको चासो । उनले मानवअधिकार उल्लंघनका गम्भीर घटनामा माफी नदिने पनि आश्वासन दिए ।

सल्लाहकार कोइरालाले नेपालको संविधानले न्यायपालिकाको स्वतन्त्रता, कानूनको शासन, प्रेस स्वतन्त्रता, नागरिक तथा राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गरेको बताए । उनले नेपालको कानुनी ढाँचाले जातीय भेदभावसँगै लैङ्गिक तथा लैङ्गिक हिंसालाई कडाइका साथ निषेध गरेको बताए ।

पूर्व कानुनमन्त्री समेत रहेका सल्लाहकार कोइरालाले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले नेपालको राष्ट्रिय मानवअधिकार आयोगको ‘क’ दर्जालाई निरन्तरता दिन पेरिस सिद्धान्तको पालना गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

यसअघि मंगलबार सल्लाहकार कोइरालाले युरोपेली सङ्घका मानवअधिकारका लागि विशेष प्रतिनिधि इमन गिल्मोरसँग द्विपक्षीय भेटवार्ता गरी नेपाल र युरोपेली सङ्घबीचको द्विपक्षीय तथा बहुपक्षीय सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।

Published Date: 01 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय