विराटनगरको बजार क्षेत्रबाट भारतीय रुपैयाँसहित तीन जना पक्राउ

विराटनगरको बजार क्षेत्रबाट भारतीय रुपैयाँसहित तीन जना पक्राउ : Icon Khabar

मोरङ, फागुन १७ । विराटनगरको बजार क्षेत्रबाट प्रहरीले भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

मोरङ जहदा गाउँपालिका–७ का २६ वर्षीय रमेशकुमार मण्डल, कटारी गाउँपालिका–३ का २२ वर्षीय धर्मेन्द्रकुमार मण्डल र ३० वर्षीय नबी हुसेनलाई भारतीय रुपैयाँसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगर–९ स्थित चुलाचुली मार्गबाट ​​एक लाख ८३ हजार ७५० भारतीय रुपैयाँ अज्ञात श्रोत बरामद भएको डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । उनीहरुको चेकजाँचका क्रममा उक्त रकम फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित