रास्वपाद्वारा सातवटै प्रदेशमा प्रदेश कमिटी गठन

रास्वपाद्वारा सातवटै प्रदेशमा प्रदेश कमिटी गठन : Icon Khabar

काठमाडौं, फागुन १७ । राष्ट्रिय स्वतन्त्र पार्टीले सातवटै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । समिति गठनसँगै पार्टीले कार्यविभाग पनि तोकेको छ ।

पार्टीले प्रदेश १ को अध्यक्षमा राजेश तिम्सिना, मधेश प्रदेश अध्यक्षमा तपेश्वर यादव र वाग्मती प्रदेश अध्यक्षमा अच्युतम लामिछानेलाई तोकेको छ ।

त्यसैगरी, पार्टीले गण्डकी प्रदेशमा राजन गौतम, लुम्बिनी प्रदेशमा देवराज पाठक, कर्णाली प्रदेशमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशमा प्रकाश विष्टलाई मनोनयन गरेको रासपा स्रोतले जनाएको छ ।

Published Date: 01 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय