प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै : Icon Khabar

काठमाडौं, फागुन १७ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देश पढेर सुनाउने कार्यक्रम छ ।

त्यसैगरी राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०२२ लाई पनि आजको बैठकमा निर्णयका लागि प्रस्तुत गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद सचिवालयमा ‘संवैधानिक परिषद् (काम, अधिकार, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ पेश गर्न अनुमति लिने र प्रस्ताव पेश गर्ने कार्यसूची रहेको बताएका छन् ।

Published Date: 01 March 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड