भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ

भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ : Icon Khabar

भक्तपुर, असोज १ । जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी कार्यालयहरूले अदालतबाट भएको फैसला कार्यान्वयनलाई तीव्रता दिँदै विभिन्न मुद्दामा फरार रहेका ३ जनालाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, प्रहरी वृत्त जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १ गते अदालतको फैसला कार्यान्वयनतर्फ फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमध्ये २ जना चेक अनादर मुद्दा र १ जना सवारी ज्यान मुद्दामा अदालतको फैसलापछि फरार रहेका थिए।

प्रहरीका अनुसार चेक अनादर मुद्दामा फरार रहेका २ जनामाथि अदालतबाट कुल ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। त्यस्तै, सवारी ज्यान मुद्दामा फरार रहेका १ जनालाई १० महिना ३ दिन कैद सजाय तोकिएको थियो।

पक्राउ परेका तीनै जनालाई आवश्यक प्रक्रिया पूरा गरी सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीले अदालतबाट भएका फैसला तथा आदेश कार्यान्वयनका लागि फरार अभियुक्त तथा सजाय भुक्तान नगरी बसेकाहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

Published Date: 17 September 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै