भक्तपुर, भदौ २९ । नागदह स्पोर्टस् एकेडेमी, धापाखेल, ललितपुरको आयोजनामा सम्पन्न प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय कबड्डी प्रतियोगितामा मोडर्न स्कूल/कलेजका छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गरेका छन्।
प्रतियोगिताको छात्रातर्फ मोडर्न स्कूल/कलेजको टोलीले प्रभावशाली खेल प्रदर्शन गर्दै उपविजेताको स्थान सुरक्षित गरेको हो। विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन, खेलभावना, टोलीगत समन्वय तथा समर्पणले यो सफलता सम्भव भएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत छात्रा रेजिना आले मगरले उत्कृष्ट प्रदर्शन गर्दै Best Raider Girl को उपाधि हात पारिन्। त्यस्तै, कक्षा ११ की छात्रा जेनिसा गुरुङले Best Defender Girl को उपाधि प्राप्त गर्न सफल भइन्।
खेलाडी विद्यार्थीहरूको सफलतामा कबड्डी प्रशिक्षक रूपक भुजु तथा स्पोर्ट्स क्लब इन्चार्ज योगेन्द्र खड्काको निरन्तर प्रशिक्षण, मार्गदर्शन, प्रेरणा र सहयोगको महत्वपूर्ण भूमिका रहेको विद्यालयले जनाएको छ।
मोडर्न स्कूल/कलेजले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण खेलाडी विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको छ।
मोडर्न स्कूल/कलेजका प्रतिभाशाली विद्यार्थीहरूको यो उपलब्धिले विद्यालयको खेलकुद क्षेत्रमा थप उत्साह र गौरव थपेको छ।
Published Date: 14 September 2026