बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर

बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर : Icon Khabar

काठमाडौं, भदौ ३ । साताको तेस्रो कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर रहेको छ । बुधबार नेप्से ०.२६ अंकको झिनो सुधार भई २ हजार ६२२.२२ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स्मा पनि सामान्य गिरावट आएको छ ।

आज सेयरबजारमा ३४६ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ११० कम्पनीका सेयरमूल्य बढेका छन् भने १५० कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । अठार कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् । आज कुल ९५ लाख ४ हजार १२० कित्ता सेयर ४२ हजार ७०९ कारोबारबाट ३ अर्ब २९ करोड ५८ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा ३५ प्रतिशतले कमी हो ।

आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक ०.७६ प्रतिशतले बढेको छ । विकास बैंक, वित्त, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनशील तथा प्रशोधन, लघुवित्त तथा म्युचुअल फण्ड समूहका परिसूचक भने ओरालो लागेका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक ०.३८ प्रतिशतले झरेको छ ।

माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड, सर्वोत्तम पेन्ट्स इण्ड्रष्टिज, आरवीवी म्युचुअल फण्ड, लक्ष्मी बैंकको डिवेञ्चरमा लगानीकर्ता तथा एनसीसी डिवेञ्चरमा लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने मनकामना इञ्जिनियरिङ् हाइड्रोपावर, सनराईज ब्लुचिप फण्ड, रिज लाईन इनर्जी, ग्रीन डेभलपमेन्ट बैंक तथा मञ्जुश्री फाइनान्स लिमिटेडका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

कारोबार रकमका आधारमा साहस उर्जा लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीको १७ करोड ५२ लाख ८२ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएको छ । यस्तै, कारोबार भएको सेयर संख्याको आधारमा एनएमवी हाइब्रीड फण्ड पहिलो स्थानमा छ । यस कम्पनीको ६ लाख १६ हजार ८८० कित्ता सेयर कारोबार भएको छ ।

Published Date: 19 August 2026


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर