बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन २० । लगातार दुई दिन घटेको सेयरबजार बुधबार समहालिएको छ । आज सेयरबजार परिसूचक नेप्से ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा कायम भएको हो । आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा भने गिरावट आएको छ । आज सेयरबजारमा ३५० कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १२२ कम्पनीका सेयरमूल्य बढेका छन् भने १४३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । अरु बाँकी ११ कम्पनीका सेयरमूल्य स्थिर रहेका छन् ।

आज सेयरबजारमा १ करोड ६७ हजार ७३२ कित्ता सेयर ६१ हजार २८६ कारोबारबाट ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा ८.३२ प्रतिशतले बढी हो । मंगलबार ४ अर्ब ७ करोड ८ लाख ५४ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए । आज सेयरबजारमा सूचीकृत समूहमध्ये होटेल तथा पर्यटन, जलविद्युत, उत्पादनशील तथा प्रशोधन, व्यापार तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १.६० प्रतिशतले बढेको छ ।

यस्तै, वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड तथा निर्जीवन बीमा समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ०.५० प्रतिशतले घटेको छ । सोलु हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट कम्पनी, रिडी पावर कम्पनी, वुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी तथा सिनर्जी पावर डेभलपमेन्टका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने एभरेष्ट कलर लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेडका डिवेञ्चरमा लगानीकर्ता, कामना सेवा विकास बैंकका डिवेञ्चरमा लगानीकर्ता, प्रभु बैंकका डिवेञ्चरमा लगानीकर्ता तथा सिद्धार्थ इक्वीटी फण्डका लगानीकर्ता रहेका छन् । कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीका ५८ करोड १० लाख ८० हजार रुपैयाँ बराबरका सेयर किनबेच भएको छ । यस्तै, कारोबार भएका सेयर संख्याको आधारमा रिडी पावर कम्पनी पहिलो अवगस्थामा छ । यस कम्पनीको ९ लाख ३१ हजार ४५३ कित्ता सेयर किनबेच भएको छ ।

Published Date: 05 August 2026


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु