भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी

भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी : Icon Khabar

भक्तपुर , साउन १८ । भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा तोडफोड तथा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार साउन १३ गते अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा भएको तोडफोड र अवाञ्छित गतिविधिको घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ निवासी ३४ वर्षीया जानकी तामाङलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

यसैबीच, साउन १८ गते जिल्ला अदालत भक्तपुरबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भएपछि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी रहेकाले प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइनेछ।

Published Date: 03 August 2026


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता