सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह

सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह : Icon Khabar

काठमाडौं, साउन १५ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील परिस्थितिलाई नियन्त्रणमा लिन र सामाजिक सद्भाव कायम गर्न सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै अंग उच्च सतर्कतामा रहेको जानकारी दिए।

उनले नागरिकलाई संयमित रहन र कुनै पनि किसिमको अफवाह तथा उत्तेजनाबाट प्रभावित नहुन आग्रह गरे। सरकारको प्राथमिकता पीडित नागरिकसम्म पुग्ने, उनीहरूलाई सुरक्षित महसुस गराउने, घटनाको निष्पक्ष छानबिन गर्ने र थप गलत गतिविधि हुन नदिने रहेको उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहले रास्वपा सांसदहरूलाई पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न आग्रह गरे। थप हिंसा फैलिन नदिन, पीडित तथा प्रभावित नागरिकको दुःख–सुखमा साथ दिन र राज्य तथा नागरिकबीच विश्वासको वातावरण निर्माण गर्न उनले सांसदहरूलाई आग्रह गरेका छन्।

सरकारले संवेदनशील जिल्लाको अवस्था सामान्य बनाउन सुरक्षा निकाय, प्रशासन र राजनीतिक नेतृत्वबीच समन्वयलाई प्राथमिकता दिएको जनाएको छ।

Published Date: 31 July 2026
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक