सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह

सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह : Icon Khabar

काठमाडौं, साउन १५ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील परिस्थितिलाई नियन्त्रणमा लिन र सामाजिक सद्भाव कायम गर्न सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै अंग उच्च सतर्कतामा रहेको जानकारी दिए।

उनले नागरिकलाई संयमित रहन र कुनै पनि किसिमको अफवाह तथा उत्तेजनाबाट प्रभावित नहुन आग्रह गरे। सरकारको प्राथमिकता पीडित नागरिकसम्म पुग्ने, उनीहरूलाई सुरक्षित महसुस गराउने, घटनाको निष्पक्ष छानबिन गर्ने र थप गलत गतिविधि हुन नदिने रहेको उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहले रास्वपा सांसदहरूलाई पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न आग्रह गरे। थप हिंसा फैलिन नदिन, पीडित तथा प्रभावित नागरिकको दुःख–सुखमा साथ दिन र राज्य तथा नागरिकबीच विश्वासको वातावरण निर्माण गर्न उनले सांसदहरूलाई आग्रह गरेका छन्।

सरकारले संवेदनशील जिल्लाको अवस्था सामान्य बनाउन सुरक्षा निकाय, प्रशासन र राजनीतिक नेतृत्वबीच समन्वयलाई प्राथमिकता दिएको जनाएको छ।

Published Date: 31 July 2026


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु